Skip to main content

  | मौसम…

411 समाचार
Public archive edition · Attributed source reporting with original dates · AI drafts are excluded

411 REFERENCE · Wikipedia

रैका राजवंश

Reference material by Wikipedia contributors. This retains its source identity and is not 411 news reporting.

डोटी रैका राजवंश जुम्ला दुल्लुका राजाके वंशज है । यिनका कुलदेवता तेडीमष्टो, निमौने (डाडाबाघ) ,डाडेमष्ट है । क्रचल्ल,अशोक चल्ल/मल्ल/ यिनका पूर्वज है । ये राजा मल्ल से बाद शाही /शाह लिखने लगे । यिनका पूर्वज जुम्लामे १२औ शताब्दिमे देखेगये राजा नगराज थे । रैका राजाने कत्युरी राजवंश का कर्तिकेयपुरी राज्य धोस्त किया था । यिनका राज्य डोटी मे बि.स १४औ शताब्दी से बि.स १८५५ तक चला था । ये राजा १४औ शताब्दिमे डोटी पाल राज्य बिजय करे थे । रैका राजा नागिमल्ल (नागमल्ल) ने १४४१ मे डोटी पाल राज्य बिजय कर्नेके बाद ये राजा कर्तिकेयपुरी राज्यके देबिदेवाता का भण्डारा डोटी से बन्द कर दिए थे । ये बात बैजनाथ .जागेश्वर का शिला लेखसे स्पस्ट होता है । यिनका वंशावली रैका राजाको वंशावलीवैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध, रैका राजाको वंशावली , पृष्ट ४० - ४२ ( २०७२ साल ) डोटी रैका मल्ल शाही राजाको जुम्ला र दुल्लु पश्चात डोटीमा स्थापित प्रमाणित वंशावली निम्न अनुसार छ । बाइसेराज्यको इतिहास, प्रकाशित मिति २०६० खश साम्राज्यको इतिहास प्रकाशित मिति २०६१ १) नागराज १२औ सताब्दीका राजाधिराज नगराज २) चाप ३) चपिल्ला ४) क्राशी चल्ल ५) क्राधि चल्ल ६) क्रचाल्ल कत्युरी राजवंशकत्युरी नरेशहरूको कुमाऊ कार्तिकेयपुरी राज्य धोस्तगर्ने राजा कुमाऊँको बालेश्वर मन्दिरमा राजा क्राचल्लदेवको संस्कृत भाषामा लेखिएको एउटा ताम्रपत्र भेटिएको छ । त्यस अनुसार क्राचल्लले वि.स.१२८० मा कुमाऊँमाथि विजय प्राप्त गरेका थिए । त्यस वखत उनको राजधानी दुल्लु नजिकै श्रीसम्मपन्न नगरमा थियो । क्राचल्लका छोरा अशोक चल्लले त्यस भन्दा अझै पश्चिमको गढवाल विजय गरेका थिए । गढवाल गोपेश्वरको अभिलेखमा अशोक चल्लले आफ्ना सर्वगामिनी सेनाद्वारा केदारभूमि (कुमाऊँ–गढवाल) विजय गर्नु भयो भनिएको छ इ.टी.एट्किन्सन, कुमाऊँ हिल्स ( दिल्ली ः पुनर्मुद्रित १९७४ इ) पृष्ट ५१० देखि १२। ७) अशोक मल्ल अशोक चल्ल/मल्लको पालामा खश अधिराज्य अन्तरगत कर्णाली प्रदेश,गण्डकी प्रदेश,खारी प्रदेश(कैलाश मानसरोवर), केदारखण्ड(कुमाऊँ गढवाल) समेत समावेश थियो । यो एउटा ठूलो साम्राज्यनै थियो । अशोक चल्ल पछि उनका छोरा जितारी मल्ल राजा भए जितारी मल्लको पालादेखि खश राजाहरुले नेपाल उपत्यका(तत्कालिन काठमाडौं उपत्यका)मा आक्रमण गर्न थाले । गोपाल वंशावली अनुसार वि.स.१३४४ देखि १३९१ सम्म नेपाल उपत्यकामा जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्लले आक्रमण गरेका थिए प्रा.डा.सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास, पेज ११ (पहिलो संस्करण २०६०) प्रकाशक धुँडी पुराँण प्रकाशन। ८) जितारी मल्ल ९) अक्षय मल्ल १०) रिपुमल्ल ११) आदित्य मल्ल शाके १२३८ (बि.स.१३७३) thumb|श्री शाके १२४३ (वि.स.१३७८) श्री श्री आदित्य/मदादित्य मल्ल "राइका " आदेश ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता तिब्बतसँगको युद्धका बेला युद्ध लड्न जाने फौजले खाना खाने वेलामा सो गुम्बाको व्यवस्थापन गर्न तत्कालीन बासागावा लामा लाई जिम्मा दिइएको र सो वापत राज्यलाई तिर्नु पर्ने सर्वकर मिनाहा गरेको ताम्रपत्रमा उल्लेख छ । शाके १२४३ (वि.स.१३७८ मा सिजाँ -जुम्लाका) राजा आदित्य मल्लको नामबाट जारी गरिएको ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता राखेका छन् । त्यस ताम्रपत्रलाई तिब्बत क्षेत्रको तेकापेमा छयोलिङ्ग गुम्वा (ताघाबाई गुम्वामा राख्दा असुरक्षित हुने भएकोले गाउँलेहरुको सल्लाह अनुसार गाउँका अगुवा डुइटुपलाई राख्न दिइएको स्थानियहरुको भनाई छ । (यिनको एउटा ताम्रपत्र तिब्बतसँग युद्ध लड्न जाँदा बासा गाउँको एउटा गुम्म्बामा भेटिएको छ, त्यसमा शाके १२४३ (बि.स १३७८ उल्लेख छ र "राइका " आदेश शब्द पनि उल्लेख छ । यसमा रैका ज्यु भेनेको छ ।, १२) पुण्य मल्ल /श्री मल्ल शाके १२५८ (बि.स.१३९३) १३) पृथ्बी मल्ल /अभय मल्ल शाके १२७९ (बि.स १४१४) (यी कत्युरी पाल राजा सँगको युद्दमा सक्रिय रैका राजाहरू ) (पृथ्बी मल्लको ताम्रपत्र बैतडी मल्लो स्वराडमा बि.सं.१४१४ मा जारी भएको छ । त्यस ताम्रपत्रमा "कटक स्वराडी" उल्लेख भएको कारण त्यस समय बैतडीका स्वराडी चन्द पृथ्वी मल्लका कटक (सेना) रहेको प्रमाणित हुन्छ | त्यो ताम्रपत्रमा रैका/राईका आदेश उल्लेख छ ।प्रा.डा.सूर्यमणि अधिकारी , बाइसे राज्यको इतिहास पेज २५/२६ (प्रकासित २०६०) (पृथिबी मल्लको बि.स १४१४ को ताम्रपत्र) त्यही "राईका आदेश" भन्ने सब्द नै " रैका /राईका " बनेको हो । त्यसकारण डोटीको मल्ल/शाही राजालाई "रैका राजा " भिनिन्थ्यो । १४) सुर्य मल्ल शाके १२८९ (बि.स.१४२४)(डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) , १५) अभय मल्ल शाके १२९८ (बि.स.१४३३)(डोटी पाल राज्य बिजेता जुम्ली राजा ) १६ ) नागी मल्ल शाके १३०६ -१३१५ (बि.स.१४४१-१४५०)( डोटी कत्युरी पाल राज्य बिजय गरेर राजधिराज बनेका रैका राजा ) (यिनका ताम्रपत्रमा पनि "राईका आदेश" उल्लेख छ । बि.स. १४४१ पछि जारी भएका डोटी रैका राजा नागी मल्लका ताम्रपत्रमा जुम्ला तिर भेटिने जातिहहरू बुढा, थापा , रोकाया जस्ता थरका मानिसहरू साँक्षी भेटिन्छन् । नागिमल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा आछ्म तिमल्सेना गाउँकी बिधवा ब्राह्मणीसँग सल्के भन्ने किवदन्ती यिनको इतिहाससँग सम्बन्धित छ । यसैले यी जुम्लाबाट डोटी क्षेत्रमा पाल राज्य कब्जा गरेर बसेको पाईन्छ । यी राजा कत्युरी गणका नभएर जुम्लामा राज्य गर्ने नागराजको वंशजका चल्ल /मल्ल राजाका उत्तराधिकारी राजा हुन् । नागी मल्ल सिंजाली वंशावलीका पुरुष थिए र निरयपाल देवका छोरा थिएनन् । भन्ने आधारहरुमा प्रयाप्त प्रमाण दिन सकिने हुँन आएको छ । डा. देवी प्रसाद ओझा,डोटी क्षेत्रको इतिहास तथा संस्कृति डोटी पाल राज्य बिजय गरेपछि पाल राजाका पुरोहित (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग तँ देवता होइनस् तँलाई म मान्दैन तँ भन्दा म ठुलो हुँ भन्दै भागेश्वर को अवहेलना गर्दै विवाद गरेपछि भागेश्वर ले नागी मल्लको बिथिति मचाउँदा नागिमल्लले भागेश्वरसंग हार स्वीकार गर्दै मानव कलंकको रुपमा रहेको डोटी क्षेत्रमा देउका देउकी प्रथा चलाएका थिए । यस वंशका वृद्दव्यक्तित्वहरूले आफ्ना जिजुबाजेको मुखबाट सुनेअनुसार पनि वहाँहरूको पूर्वज जुम्लाबाट डोटी आएको हो । जुम्लाबाट जारी गरिएका यी राजाहरूका अभिलेखहरूमा यिनले आफूलाई खस राजाधिराज भनेको भेटिन्छ । त्यसैले इतिहासकारहरूले यी राजालाई खस राजा भनेर लेखेका छन् । डोटी बिजय गरे पछि यिनले खस भन्ने शब्द प्रयोग गरेनन् तर रैका(राईका) भन्ने शब्द भने प्रयोग गर्दै रहे, त्यसैले यस खान्दानका राजाका ताम्रपत्रमा रैका भन्ने शब्द भेटिन्छ । यिनै राजाका ताम्रपत्र ,अभिलेख अनुसार नेपालको संविधान २०७२ मा खश आर्य भनेर ठकुरी ब्राहमण सहितकालाई उल्लेख गरेको हो । ) १७) त्रिभुवन मल्ल शाके १३१७ (बि.स १४५२) १८) रिपुमल्ल शाके १३३६ (बि.स १४७१) १९) आनन्द मल्ल शाके १३५३ , २०) कल्याण मल्ल शाके १३६९ , २१) सुर्तन मल्ल शाके १३९० , २२) कृति मल्ल शाके १३९९-१४०४ , २३) पृथ्बी मल्ल शाके १४१९ , २४) अशोक मल्ल शाके १४१९ , २५) प्रताप मल्ल शाके १४२८-१४४४, २६) नृप मल्ल शाके १४७७-१४९४, २७) भूपति मल्ल शाके १४८० -, २८) महिपति शाही शाके १५०२, २९) हरि शाही शाके १५१८-१५२०, ३०) राम शाही शाके १५२५-१५४० , ३१) रुद्र शाही शाके १५३६-१५५५ , ३२) पहाडी शाही (क) शाके १५५९-१५९४ , ३३) बिक्रम शाही शाके १५९३-१६०७ , ३४) मन्धता शाही शाके १६१०-१६४१ , thumb|शाके १६१२ डोटी रैका राजा मन्धता शाही द्वारा जारी ताम्रपत्र ३५) रघुनाथ शाही शाके १६४२-१६४८ , ३६) कृषण शाही शाके १६८२-१६९४ , ३७) दीपा शाही शाके १७०८ - १७१२ (बि.स १८४३-१८४७) गोर्खा राज्य बाटकब्जा गरिएका रैका स्वतन्त्र राजा , ३८) बिष्णु शाही शाके १७१३ बि.स.१८४८ (गोर्खा राज्य अधिनस्त राजा ), ३९) पहाडी शाही (ख) शाके १७२० बि.स.१८५५ (गोर्खा राज्य अधिनस्त राजा र अन्तिम राजा डोटी ) यस वंशजका ठकुरीहरू डोटी, डडेल्धुरा, बझांग, कैलाली ,कञ्चनपुर र भारतको सिंगाही,लखनउ क्षेत्रमा रहेका छन् । डोटी रैका राजाका वंशज भनेर चिनिन्छन् । जुम्लाबाट आएको यो वंशले डोटी पालराज्य बिजय गरेपछि राज्यमुकाम अजयमेरु, निरोलीसम्मन कब्जा गर्यो, अजयमेरुबाट बिस्थापित भएपछि राजपुरहुँदै गनैगौडा डोटीमा दरवार बनाएर बस्यो, यसै स्थानमा गोर्खाले कब्जा गरेर यहाँको दरवार नस्ट गरेको थियो । आज यो दरवार भाग्न अवस्थामा छ । कर्णाली प्रदेशको मध्यकालीन इतिहास २०५४ नेपालको तथ्य इतिहास(२०६१) कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६) रैका वंशको बसोबास क) शाही र शाह लेख्नेहरूको बसोबास स्थल — डोटी जिल्लाको राजपुर, केदारगाउँ, चैकोट, डुमराकोट, मुडेगाउँ, वनलेख, झुण्डा, गुठुरी, गडसेरा चौकी, जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुरा जिल्लाको बोगटा, डिलेली, चोरेला कैलालीको सहजपुर मस्से, भारतको सिहाई, तुर्कौली र गोरखपुरमा रहेकाछन् । ख) रैकामल्ल वंशजका मल्ल लेख्नेहहरू — डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा,.... सहितका क्षेत्रमा रहेकाछन् । सगोत्री दाजु/भाइ शौनक गोत्रीय राइका / रैका कुलका : मल्ल ,शाही ,शाह रैका राजवंशको डोटी रैकाराज्यकाल देखि वैवाहिक सम्बन्ध हुनेगरेको दार्चुला पाल , बैतडी चन्द ,डोटी तल्लो बोगटान क्षेत्रका बम ,ठकुरी बोगटी ,मर्माली सिंह ,बझांगी सिंह, अछामी शाह,...................आदि | सन्दर्भ स्रोत