411 REFERENCE · Wikipedia
नागबेली
Reference material by Wikipedia contributors. This retains its source identity and is not 411 news reporting.
150px|thumb|नागबेली
नागबेली नेपाल, सिक्किम आदि हिमालयीय क्षेत्रों में पाई जाने वाली वनस्पति है। इस आकर्षक वनस्पति का विवाह तथा अन्य अवसरों पर सजावटी कार्यों में प्रयोग किया जाता है। वनस्पति जगत के लाइकोपोडियासी (Lycopodiaceae) परिवार अन्तर्गत का यह वनस्पति का वैज्ञानिक नाम लाइकोपोडियम क्लावाटम (Lycopodium clavatum Linn) है। नागबेली के पौधे पहाड़ी इलाकों में समुद्री सतह से १,८०० मी.से ३,६०० मी. उचाईं के स्थानों में पाए जाते हैं। यह लता है। खुले जगहों अथवा मैदान में फैलता है। इसे बेली लता भी कहते हैं।
लहरो विरुवा वनस्पति जगतको फूल नफुल्ने जातमा वर्गीकरण गरिएको छ। पात सानो र २ देखि १० मि. मि. लामो हुन्छ। पातहरु घुमाउरो प्रकारले मिलेर डाँठ र हाँगाहरुलाई झ्याम्मै ढाकेका हुन्छन्। जमीनमा फैलिएर रहेको डाँठबाट ५ देखि १० से.मी. लामो र ठाडो हाँगा निस्केका हुन्छन्। हरेक हाँगामा बीजाणु फल्ने ३ देखि ५ कोसा सम्म फल्दछ। कोसा छिप्पिए पछि यसभित्र रहेका नौनी रंगको मसिनो धुलो निस्कन्छ। यही धुलोलाई नागबेलीको धुलो भनिन्छ। यो धुलो चिप्लो, स्वाद र गन्धविहिन हुन्छ। हातले छुंदा टासिन्छ। यो चिसो पानीमा उत्रन्छ र आगोमा हाल्दा उज्यालो ज्वाला सहित झिलिक्क बल्दछ। यसलाई सुक्ष्मदर्शक यन्त्रले हेर्दा यसमा असंख्य अति साना बीजाणुहरु देखिन्छन्। बीजाणु २४ देखि ४० मिलिमाइक्रोन व्यासको हुन्छ। प्रत्येक बीजाणु स्तुपाकार, कोप्रो फेद भएको र बाहिरी भाग पाँच कुने आवरणले ढाकेको हुन्छ। विजाणु फोरेमा पहेंलो रंगको तेल निस्कन्छ। एक ग्राम तौलमा ९४,००० बीजाणुहरु हुन्छन्। जेष्ठदेखि श्रावणसम्ममा नागबेलीको कोसा लाग्न शुरु गर्दछ र माघ फाल्गुन तिर संकलन गरिन्छ। संकलन गरिएको कोसालाई घाममा सुकाइन्छ। राम्ररी सुकिसकेपछि जतनसंग कोसाबाट धुलो झारिन्छ। पात, डाँठ र हाँगाहरुको टुक्रा टुक्रा चाल्नीले छानेर अलग्याईन्छ। नागबेलीको धुलोलाई प्लाष्टिकको व्यागमा हाली राम्ररी मुख बन्द गरेर आगोबाट टाढा राख्नुपर्छ।
उपयोगिता
आयुर्वेदिक पद्धतिअनुसार नागबेलीको झार मृगौला र फोक्सोको रोगहरुमा प्रयोग गरिन्छ। अजीर्ण लगायत पेट सम्बन्धि साधारण रोग, रक्त विकार र सन्निपातमा पनि यसको उपयोग गरिन्छ। यसको धुलोलाई खासगरि आतिसबाजी र पटाकाहरु बनाउनमा पनि प्रयोग गरिन्छ। यसलाई मृगौला र फोक्सोको रोगहरुमा पनि प्रयोग गर्न सकिन्छ। यसको अलावा नेपालको ईलाम, ताप्लेजुङ, भोजपुर, तेह्रथुम, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा नागबेली लहरा प्रयोगगरी स्वागतद्वार समेत बनाई आकर्षक सजावटको सामग्रीको रूपमा पनि यसको प्रयोग गरेको पाईन्छ।
खेती
नागबेली खेती गर्नको लागि शीतोष्ण (Temperate) जलवायुको आवश्यकता पर्दछ। बीजाणु (Spore) बाट यसको विरुवा उत्पादन गर्न सकिन्छ। यस्त बीजाणुहरू माघ\फाल्गुण महिनामा संकलन गरिसक्नु पर्नेहुन्छ। यदि उक्त अवधि भित्र संकलन नगरेमा कोसा फुटी हावाले बीजाणुहरू (Spore) उडाएर लगि दिनाले बीउ संकलन गर्न कठिन पर्दछ। बीजाणुहरू अतिसानो भएकोले ट्रे वा नर्सरी बेडमा बालुवा वा खरानी मिलाई यसको दल राख्नुपर्ने हुन्छ। यस विरुवाको विकास क्रम अन्य विरुवाहरुको भन्दा केही फरक किसिमको हुन्छ। अंकुरण (Germination) पछि बिरुवाले १ देखि ३ सेमी लामो गाँजरको जस्तो आकार लिन्छ र यसमा भाले र पोथी दुवै विकास हुन्छ। भाले र पोथी प्रजनन अन्ग संसर्ग (Fertilization) पश्चात भ्रुण (Embryo) उत्पत्ती हुन्छ। यही भ्रुण विस्तारै विरुवामा परिणत हुन्छ। यसरी तयार भईसकेको विरुवा मलजल गरी तयार गरीएको स्थानमा सावधानिपूर्वक सार्नुपर्दछ। विरुवा परिपक्क हुन ६ देखि १५ वर्ष लाग्दछ र धेरै बर्ष सम्म बाँच्दछ। नागबेलीको बिरुवा वयस्क भएपछि काण्ड र हाँगाको कक्षबाट कोपिला फुल्दछ जुन भुईमा मुरेर अंकुरण भई नयाँ, विरुवा तयारहुने क्रम जारि रहन्छ। यसको अलवा विरुवा तयार गर्न आवश्यक अन्य नर्सरी प्राविधिहरु कार्यपात्रोको आधारमा होशियारि पूर्वक अवलम्वन गर्न अत्यावश्यक छ।
सन्दर्भ
पराजुली, केशब, नागबेलीः चिनारी महत्व एवं खेती प्रविधी
Edwards D. M. (1996), Non- timber Forest Products Form Nepal, FORESE Monograph no.1/96, Forest Research and Survey Centre, Kathmandu.
Gyawali A.R, K Paraluli and A. Bhandari (2002), Study on Potential of Non timber Forest Products in Community Forest of Bhojpur District, District Forest Office, Bhojpur .
श्रेणी:जड़ीबूटी
श्रेणी:औषधि
श्रेणी:वनस्पति